दल

लोकप्रियताको नाममा पुराना दललाई खराब देखाउन थालियोः एमाले महासचिव

इकागज |
पुस १, २०८१ सोमबार १६:४० बजे

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा एक खालको निराशा र कुण्ठा बढेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८ औँ केन्द्रीय परिषद् बैठकलाई सोमबार संशोधन गर्दै पोखरेलले देशमा सबै सकियो भन्ने खालका भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको बताए । 


पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम समेत भएको उनेको छ ।  ‘लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठूला दल प्रति निराशा फैलाउने काम भइरहेको छ’, उनले भने ।

नेकपा एमालेलाई कसरी सकिन्छ कमजोर बनाउनको लागि विभिन्न खालका भ्रामक प्रचार गरिएका पोखरेलले बताए । एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमाले माथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरी रहेको उनको भनाइ छ ।

एमालेको विरासतलाई नै समाप्त पार्ने गरी विगतमा भएको षडयन्त्रलाई नेकपा एमालेले परास्त गरी पार्टीलाई रक्षा गरेर अघि बढेको पोखरेलले बताए । नेकपा एमाले विभाजनका बाबजुद जनताको रोजाइको पहिलो पार्टी बनेको पोखरेलले जनाएका छन् ।

आफूलाई राष्ट्रिय आवश्यकतालाई पुरा गर्न सक्ने निर्णायक राष्ट्रिय शक्ति बनाउन नेकपा एमाले लागेको पोखरेलले बताए ।  ‘यसका लागि हामीले हाम्रो सामर्थ्यलाई बढाउन सक्नु पर्दछ’, पोखरेलले भने ।

लोकतन्त्रमा जनतालाई अधिकार दिने हो भने सबल राज्य हुनु पर्ने उनको धारणा छ । त्यसको लागि सबैभन्दा पहिला बलिया राजनीतिक दल आवश्यक रहेको पोखरेलले स्पष्ट पारे । ‘आज जनतालाई निराशाबाट आशामा, कमजोर राज्यबाट बलियो राज्य बनाउने कुरामा, कुशासनबाट सुशासन तर्फ जाने कुरामा ध्यान जानु पर्ने छ’, उनले भने ।

अहिले सबै क्षेत्रमा सामाजिक अराजकता बढेको बताउँदै उनले यो लोकतन्त्र र देशकै लागि हानिकारक भएको बताए । अराजकतावादले मुलुकको देश भक्तिपूर्ण भावलाई न खाइदिने पोखरेलको भनाइ छ । ‘यो कति घातक हुन्छ भने यसले राष्ट्रिय दृष्टिकोण बन्न दिँदै दिँदैन, यो समाजका लागि विषाक्त चिज हो भन्ने बुझ्नु पर्दछ’, पोखरेलले भने ।

कांग्रेस एमाले सरकारका लागि मात्र नमिलेका उनको स्पष्टोक्ति छ ।  प्रमुख दलहरू एक्ला एक्लै चुनाव लडेर एउटा दलले बहुमतको सरकार बनाउने र अर्को प्रमुख दल प्रतिपक्षमा रहने खालका वातावरण बनाउन अहिलेको सरकार बनेको पोखरेलले स्पष्ट पारे ।

संविधान संशोधनको विषय सम्पूर्ण रूपमा खुल्ला गर्न नखोजिएको उनले बताए । आन्तरिक छलफलबाट संशोधन गर्नुपर्ने विषयमा मात्र छलफल हुने र सोही अनुसार संविधान संशोधन हुने पोखरेलले स्पष्ट पारेका छन् ।  


Author

थप समाचार
x