रवि लामिछानेलाई अदालत लगियो
फाइल तस्बिर
कास्की- पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अदालत लगिएको छ ।
रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित पाँच जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ । अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको हो ।
डीएसपी वसन्तकुमार शर्माले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगीमा संलग्न ठानिएका लामिछानेसहित ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग गरिने भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया