दल

एमाले हेटौँडा नगरको अध्यक्षमा कार्की विजयी

इकागज |
पुस २, २०८१ मंगलबार १९:४ बजे

फाइल फाेटाे

मकवानपुर - नेकपा(एमाले) हेटौँडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की विजयी भएका छन् ।

एमाले हेटौँडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो । सोमबार भएको निर्वाचनमा कार्कीले एक सय ७६ मत प्राप्त गर्नुभएको थियो । उहाँको निकटतम प्रतिस्पर्धी जनरल श्रेष्ठ ‘जेन’ ले एक सय ३३ मत प्राप्त गरे । 


यस्तै, उपाध्यक्षमा राजकुमार बास्तोला, सचिवमा शान्ता गौतम, उपसचिव खुल्लामा शान्तेकुमार तामाङ र उपसचिव महिलामा चन्द्रावती पनेरू निर्वाचित भएका छन् । 


Author

थप समाचार
x