दल

दलित समूदायलाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउन चुनौती - सभापति देउवा

इकागज |
पुस ३, २०८१ बुधबार १६:२७ बजे

फाइल फाेटाे

काठमाडौँ - काँग्रेसका सभापति शेरबहादुर देउवाले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्ने धारणा राखे ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताको समान अधिकारले मात्रै मुलुकको विकास सम्भव हुने बताए । 


देउवाले नेपालको संविधान र कानुनमा समानताको बिषय समावेश भएपनि यसलाई वास्तविक रुपमा नै व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । दलित समुदायलाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउनु अहिले पनि चुनौती रहेकाले राज्यले आवश्यक पहलकदमी लिन ढिला सुस्ती गर्न नहुने उनको भनाइ छ । 


Author

थप समाचार
x