महन्थ ठाकुरले थपे ८ जना केन्द्रीय सदस्य
फाइल तस्बिर
काठमाडौँ- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ८ जना केन्द्रीय सदस्य थपिएको छ ।
अर्का वरिष्ठ नेता राजेन्द्र महत्तो पार्टीवाट बाहिरिए पछि अध्यक्ष ठाकुरले धमाधम नयाँ अनुहारलाई मनोनित गरिरहेका छन् । जसअनुसार हालै थप ८ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेका हुन् ।
यसरी मनोनित हुनेहरूमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेको जनाइएको छ ।
सोसँगै लोसपाको केन्द्रीय कमिटी ३ सय ५५ सदस्यीय पुगेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया