दल

सुदूरपश्चिममा डा.कोइरालालाई १५ किलोको माला, १५ औं महाधिवेशनसभापति बन्‍ने शुभकामना

इकागज |
पुस ५, २०८१ शुक्रबार १५:५६ बजे

सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ । नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला  लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थालमा बजागाजा सहित भव्य स्वागत गरिएको थियो ।

 नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डे सहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो । १५ औं महाधिवेशनका लागि शुभकामना दिदै नेता कार्यकर्ताले नेता कोइरालाको पक्षमा नारा समेत लगाइएको थियो । 


स्वागतका लागि धनगढी विमानस्थालमा भेला भएका पार्टी कार्यकर्ताले भावी सभापति शेखर कोइराला जिन्दाबाद  सुदूरपश्चिमले के भन्छ , १५ औं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ, जस्ता कोइरालाको पक्षमा चर्को नारा लगाएका थिए । साथै, स्वागतका लागि थारु सांस्कृति झल्कने पहिरन सहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रर्दशन गरिएको थियो ।  

नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ । एक स्थानीय कार्यकर्ताले बताए अनुसार यस पटक पार्टी सभापति शेरबहादुर देउवा आउँदा भन्दा पनि नेता कोइरालाको स्वागतमा बढी सहभागिता रहेको बताए । 

पार्टी सभापति देउवाको कार्यशैलीबाट वाक्कदिक्क भएका सुदूरपश्चिम कांग्रेसी नेता तथा कार्यकर्तामा निकै खुशी छाएको र पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेको नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेश बहादुर मल्लले बताएका छन् ।  दिउँसो धनगढीमै नौ ओटा जिल्लाका पार्टी कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेका जनाइएको छ ।


Author

थप समाचार
x