दल

सभापतिले सुन्दै नसुन्ने हो भने अप्ठेरो पर्छ : शेखर कोइराला

इकागज |
पुस ८, २०८१ सोमबार १८:८ बजे

फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै केही कुरा नसुन्ने हो भने अप्ठेरो पर्ने बताएका छन् ।

कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्तीका अवसरमा सोमबार भएको कार्यक्रममा कोइरालाले सभापतिले नै गुटलाई फस्टाइदिने काम गरेको बताए । 
 
‘अहिले पार्टीमा विचलन छ, हामीले स्वीकार्नुपर्छ । शेखर पनि भागवण्डामा लागेको कुरा यहाँ आयो, ६०–४० को भागवण्डा । भागवण्डा भनेर चुप लागेर बस्ने त होइन नि !’


‘सभापतिले केही पनि सुन्दै नसुन्ने हो भने अप्ठेरोमा पर्छ । राजनीति गर्नेहरूलाई अप्ठेरो पर्छ, यो हामीले बुझ्न जरुरी छ । सभापति किसुनजीको पनि अनुयायी हो । गुटलाई फस्टाइदिने काम उहाँले नै गर्दा अप्ठेरो परिस्थिति सिर्जना हुँदै रहेछ,’ उनले भने । 


Author

थप समाचार
x