वामदेव नेकपा एसमा प्रवेश गर्ने, बनाइयो वार्ता टोली
फाइल फाेटाे
काठमाडौं - वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गराउन दुवै पक्षले वार्ता टोली बनाएका छन् ।
गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरणका लागि दुवै टोलीले वार्ता समिति बनाएका हुन् ।
गौतमका तर्फबाट अभियानका महासचिव डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटी गठन भएको छ भने एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा सदस्य रहेको वार्ता समिति बनाएका छन् ।
दुवै वार्ता टोलीले तय गरेको सैद्धान्तिक र नेतृत्वको विषयमा सहमति जुटेपछि एकता गर्ने गरी कुराकानी अघि बढिरहेको छ । हालै बसेको नेकपा एसको स्थायी समिति बैठकले गौतमलाई तेस्रो मर्यादा क्रममा राख्ने भनेर बाटो खुल्ला राखेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया