दल

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, पुस २१–२२ मा बस्ने

इकागज |
पुस १०, २०८१ बुधबार १८:५५ बजे

काठमाडौं - नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय समितिको बैठक पुस २१ र २२ गतेका लागि बोलाएको हो । 


बुधबार बसेको एमाले सचिवालय बैठकले चारवटा एजेण्डा तय गरेको उप महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले गरेका निर्णय अनुमोदनलगायतका विषय केन्द्रीय कमिटीमा छलफलका लागि  एजेण्डा तय गरिएको छ ।


Author

थप समाचार
x