दल

रास्वपा सचिवालय बैठक बस्दै

इकागज |
पुस १२, २०८१ शुक्रबार ९:७ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ ।

सभापति रवि लामिछाने तीन महिना बढी समयदेखि हिरासतमा रहेपछि पार्टीका गतिविधि अघि बढाउन सचिवालय बैठक बोलाइएको हो । बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।


आजको बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टी गतिविधिलाई निरन्तरता दिनका लागि यो बैठक बोलाइएको हो  । 


Author

थप समाचार
x