दम बढे पछि मोहन बैध अस्पताल भर्ना
फाइल फोटो
काठमाडौँ- क्रान्तिकारी कम्युनिस्ट पार्टीका नवनिर्वाचित महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । पुरानै रोग अर्थात अचानक दम बढे पछि महासचिव वैद्यलाई शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो ।
बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । त्यसपछि क्रमशः अस्वस्थ्य भएका बैधलाइ शिक्षण अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया