एमाले सचिवालय बैठकबाट ओलीको प्रतिवेदन पारित
फाइल फाेटाे
काठमाडौं - अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित भएको छ ।
नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन आज बसेको सचिवालय बैठकबाट पारित भएको हो ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ ।
उक्त बैठकका निम्ति पेस गर्नुपर्ने राजनीतिक प्रतिवेदनका मुख्य-मुख्य विषयमा बैठकमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।
ओलीले केन्द्रीय समितिमा पेश गर्न लागेको राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बीचको सहकार्यका विषयमा पनि उल्लेख गरिएको ज्ञवालीले जानकारी दिए । साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदनमा समावेश गरेर केन्द्रीय समिति बैठकमा पेश गरिनेछ ।
र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिकाबीच पार्टीलाई कसरी अघि बढाउने भन्ने उल्लेख भएको अध्यक्ष ओलीको प्रतिवेदन माथि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया