दल

केन्द्रीय समितिमा गठबन्धन नगरी एक्लै चुनाव लड्नेगरि अघि बढ्ने प्रचण्डको प्रस्ताव

इकागज |
पुस २१, २०८१ आइतबार २०:३ बजे

काठमाडौँ - कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नगरी एक्लै चुनाव लड्नेगरि अघि बढ्ने प्रस्ताव प्रस्तुत गरेका छन् । 

आइतबारबाट काठमाडौंमा सुरु माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने र एक्लै चूनाव लड्नेगरि अघि बढ्ने प्रस्ताव प्रस्तुत गरेका हुन् । 


त्यस्तै प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले वैज्ञानिक समाजवाद माग्नेहरुसँगै एकता गरेर अघि बढ्ने बताउनुभएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरुसँग एकताको पहल गर्ने प्रस्ताव प्रचण्डको रहेको सापकोटाले जानकारी दिए । अहिले माओवादीको पक्षमा देशैभर सकारात्मक ऊर्जा पैदा भएको र यथास्थीतिबाट जनतामाझ फर्किनुपर्नेमा प्रचण्डको जोड रहेको छ । 

यसका लागि फागुन १ देखि तराई मधेश जागरण अभियान र अर्को एक महिना पूर्वपश्चिम अभियान सञ्चालन गरि अध्यक्ष लगाएत सवै पदाधिकारी सामेल हुनुपर्ने प्रस्ताव समेत प्रचण्डको रहेको प्रवक्ता सापकोटाले जानकारी दिए

अग्रगमनका पक्षमा संविधान सशोधनका लागि बहस र छलफल चलाउनुपर्ने, संक्रमणकालीन न्यायसंगसम्बन्धी समितिको पदाधिकारी नियुक्त गर्न पहल गर्ने लगाएका बिषय अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको सापकोटाले बताए । 

बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसंगै विभिन्न प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी लगाएतले रिर्पोटिङ गरेका थिए । उनीहरुको रिपोर्टिङमा देशैभर माओवादी प्रवेश गर्नेको लहर चलेको र पार्टीलाई बलियो बनाएर अघि बढाउनुपर्नेमा केन्द्रित रहेको प्रवक्ता सापकोटाले बताए । 

बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई आमन्त्रित सदस्यको रुपमा बोलाइएको भन्दै सापकोटाले पदका बिषयमा कुनै छलफल नभएको जिकिर गरे ।  केन्द्रीय समितिको पूर्ण बैठक सोमबार बिहान ११ बजे बस्ने र बिभिन्न प्रतिवेदनमाथि छलफल हुने माओवादी केन्द्रले जनाएको छ । 


Author

थप समाचार
x