दल

माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले भने - पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ

इकागज |
पुस २२, २०८१ सोमबार १८:१५ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

काठमाडौंमा सोमबार बसेको केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफलका क्रममा उनीहरूले पार्टी सरकारबाट हटेपछि जनतामा जाने ऐतिहासिक अवसर भएकाले यसका लागि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा पार्टीको महाधिवेशनको मितिसहितको कार्यतालिका तोक्नुपर्नेमा अधिकांशले धारणा राखेका थिए ।


त्यस्तै उनीहरूले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन बैज्ञानिक र बस्तुवादी रहेकाले स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्ने धारणा समेत राखेको प्रवक्ता सापकोटाले बताए । 

केन्द्रीय सदस्यहरूले अध्यक्षसहित सवै नेताहरु अनिवार्य रुपमा श्रम र उत्पादनसँग जोडिनुपर्ने सुझाव दिएका छन् भने सदन आह्वानका लागि अन्य दलसँग मिलेर दवाव सिर्जना गर्नुपर्ने सुझाव समेत आएको प्रवक्ता सापकोटाले बताए । 

बैठकमा १८० जनाले बोल्नका लागि नाम टिपाएकोमा दोस्रो दिन ८० जनाले धारणा राखेका थिए । बैठक मंगलबार विहान ११ बजेसम्मका लागि स्थगित भएको प्रवक्ता सापकोटाले बताए । 


Author

थप समाचार
x