दल

माओवादी केन्द्रीय समिति बैठक सुरू, १०० जना सदस्यले धारणा राख्ने

इकागज |
पुस २३, २०८१ मंगलबार १२:३३ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ ।

गत आइतवारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिए पछि आज पनि बैठक जारी रहेको हो ।


बैठक स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा बसिरहेको छ । आजको बैठकमा बोल्न बाँकी रहेका १०० जना केन्द्रीय सदस्यले धारणा राख्दैछन्। हिजो ८० जनाले धारणा राखेका थिए।

केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन्, जसमा प्रत्येक केन्द्रीय सदस्यहरूलाई बोल्न ३–३ मिनेटको समय निर्धारण गरिएको छ ।

प्रचण्डले युद्दकालमा र संबिधान जारी अघि उठाएको ‘आत्मनिर्णयको अधिकार र जातीय पहिचानको मुद्दा’ ब्युत्याएर जानु पर्ने पुनः तर्क गरेका छन । गत स्थानिय तहको उपनिर्वाचनवाट उत्साही भएको जनाउँदै अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचन एक्लै होमिने, सत्य निरूपण मेलमिलाप आयोगमा सत्तारूढ दल नेकपा एमालेले असहयोग गरेको, आफ्नो तेस्रो कार्याकालमा भ्रष्टचार बिरूद्द र सुशाषनको पक्षमा उभिँदा जनता र पार्टी कार्यकर्तामा उत्साह छाएको जस्तो बिषय समेटेर प्रतिबेदन पेश गरेका छन् ।

जसमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । बैठकमा उपराष्ट्रपति नन्दकिशोर पुनलाई पुनः पार्टीमा फर्काउने तयारीका बारेमा भने विरोध गरिएको छ । 
 
 


Author

थप समाचार
x