दल

अखिल(क्रान्तिकारी)का अध्यक्ष दावी गरिरहेकाहरुमा कसको इतिहास के ?

इकागज |
पुस २३, २०८१ मंगलबार १६:५३ बजे

माओवादी(केन्द्र) निकट अखिल(क्रान्तिकारी)को २३ ओै सम्मेलनमा अध्यक्षको रेसमा रहेका सहित उमेर हदपछि बिदा भएका नेताहरुका बिषमा पार्टी बैठकमा छलफल चलेको छ । काठमाडौंको धुम्बाराहीमा आइतबार देखी जारी केन्द्रिय समितिको बैठकमा कार्यदल गठन गरेर जाने प्रस्ताव भएको छ । 

उनीहरुको व्यवस्थापनका बारेमा सर्वत्र चासो भएपछि कार्यदलको प्रस्ताव अघि सारिएको हो । अध्यक्षमा दावी गरेका नेताहरु एउटा लामो इतिहास बनाएका नेताहरु थिए तर अचानक पार्टी नेताहरुकै तर्फबाट ३२ लगाउने बिषयमा निर्णय भएपछि उनीहरु   आन्दोलनबाट बाहिरिएका हुन । 


इन्द्रभुषाल :  उपाध्यक्ष इन्द्र भूषाल एउटा लामो समय बिध्यार्थी आन्दोलनमा लागेका नेतन हुन । २०५९ मा पशुपति बहुमुखी क्याम्पसबाट राजनीतिमा संलग्न भुषाल स्ववियू सदष्य , सहसचिव र उपसभापति भएका थिए । 

अखिल(क्रान्तिकारी)मा दुईपटक उपाध्यक्ष हुनु अघि सचिव , सचिवालय सदस्य रहेका भूषाल  स्नातकोतर सम्मको अध्ययन! हाल उनि पार्टी केन्द्रीय समितिमा बैठकमा सहभागी छन ।

जीपी मैनाली : उपाध्यक्ष हुनु अघि अखिल(क्रान्तिकारी)को उपमहासचिव,  सचिव सहित महत्वपूर्ण  जिम्वेवारिमा रहेका मैनाली रन्जित तामाङ र पछि पञ्चा सिंहको कार्यकालमा पनि प्रवक्ताको भुमिकामा थिए ।  स्ववियू राजनीतिबाट आएका   मैनाली सिभिल इन्जिनियरिङ र पत्रकारिताका स्नाततकोत्तर हुन !

मिलन एम सी : प्यूठान घर भएका एम सि संगठनमा दुइ पटक उपाध्यक्ष भएका थिए । उनि तत्कालीन १० माओवादी घटकको एकता हुँदा बादलसमुहबाट पार्टी एकतामा आएका हुन । नेकपा विभाजनसँगै बादल समुह त्याग गरेर महासचिव देव गुरुङसँगै रहेका उनी  यो पटक  पार्टी महासचिव   देव  गुरुङ तथा सचिव हितमान शाक्य लगायत नेताहरुको समार्थनमा   अध्यक्षको दौडमा थिए !  स्पष्ट ब्यक्तित्व र खरो वक्ता एम सि तुलनात्मक कम उमेर समुहको प्रतिनिधित्व गर्थे । उपमहाचिव , सचिव सहित संगठनका महत्वपूर्ण जिम्मेवारीमा रहेका एम सीले समाजशस्त्रमा स्नात्तकोत्तर गरेका हुन ।े

तुकमान महरा : २०५८ देखी निरन्तर बिध्यार्थी आन्दोलनमा सहभागी तुकमान तुलनात्मक कम बिबादमा आएका र जनयूद्ध लडेका नेता हुन । माओवादी आन्दोलनको केन्द्र रोल्पाबाट उदाएका तुकमान तुलनात्मक रुपमा पछि परेका र  आन्दोलन प्रति प्रतिबद्ध नेता हुन ।

पवन कार्की : समानान्तर कमिटि बनाएर  देशैभरि आफ्नो पहिचान बनाएका कार्की  हक्की र प्रष्ट ब्यक्ति हुन । समानान्तरको अभ्यासले रक्षात्मक नबनाएको भए उनि संभवत बलिया मध्यका उमेदवार थिए ।

केशव रावल : बिध्यालय तह देखी नै बिध्यार्थी आन्दोलनमा रहेका रावल संगठनमा लागेको कुरा प्रष्ट राख्न सक्ने नेता हुन ।  आफ्नै नेताका खराबी  बिरुद्ध अभियान चलाउँदा चलाउँदै उमेदवारका रुपमा सबैको आँखी भएर शसक्त उमेदवार बन्नबाट पछि परेका रावल 'गुट खारेज अभियान'  चलाईरहेका छन।

डा. अच्यूत भट्ट : संगठनका एकमात्र चिकित्सा पृष्ठभुमीका भट्ट लागेको प्रष्ट लेख्ने र बोल्ने नेता हुन । पब्लिक हेल्थमा माष्टर्स भट्ट  आफ्नै हस्पिटल खोलेर व्यबसायमा पनि जोडिएका छन ! 

प्रविना अधिकारी : संगठनकी एक्लि महिला उमेदवार र ३२ वरपरको उमेरका कारण प्रविणा अधिकारीलाई अझै उमेदवारका रुपमा हेरिन्छ । अग्रजी स्नातकोतर अधिकारी सिनियर मध्यकी हुन ।

नारयण खनाल : अर्थशास्त्रका एम ए  खनाल इमान्दार र संगठनमा सक्रिए नेताका रुपमा लिइन्थ्यो ।

सुर्यनारायण शाह : मधेशबाट निर्विकल्प उमेदवार बन्ने सम्भावना बोकेमा नेता हुन । हाल सम्म अबिबाहित नेता शाह संगठन र आन्दोलनलाई नै सबथोक मान्ने कारण कार्यकर्तामा लोकप्रिय थिए !

 क्षितिज सापकोटा ,मदन भूल ,मदन भट्टराई ,नरेश शर्मा  सहित नेताहरु आन्दोलनमा निरन्तरता  भएका नेताहरु हुन ! 

 जसम राजकुमार याक्सो  अध्ययनका लागी बाहिर  छन भने कल्पना मियाँ संघीय सांसद  भएकी छन !


Author

थप समाचार
x