एमालेको निष्कर्ष - ठूला दल मिलेर सरकार बनाएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भयो
काठमाडौँ - नेकपा (एमाले)ले ठूला दुई दल मिलेर सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा सम्पन्न एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको छ ।
विभिन्न १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै बैठकले ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराउँदै सरकारको सफलताको लागि हर सम्भव योगदान गर्न प्रतिबद्ध रहने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकले प्राप्त उपलब्धिको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरि बृहत समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरिएको गौतमले बताए ।
त्यस्तै एमालेको नेतृत्वमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको उनले जानकारी दिए ।
त्यस्तै केन्द्रीय कमिटी बैठकले ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई सुझाव दिएको छ भने भ्रामक र झुट्टा सूचना प्रवाह गर्ने क्रमलाई रोक्न नियामक निकायहरूलाई प्रभावकारी बनाउन समेत सरकारसँग माग गरेका छ । बैठकले अध्यक्ष केपी ओलीको राजनीतिक तथा महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया