संसदको सामना गर्ने आँट सरकारसँग छैन - अध्यक्ष नेपाल
फाइल फाेटाे
काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदको सामना गर्ने आँट सरकारसँग नभएको टिप्पणी गरेका छन् ।
ललितपुरमा शनिबार आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले संसदको सामना गर्ने र छलफल बहसबाट समस्याको समाधान खोज्ने आँट सरकारसँग नरहेको टिप्पणी गरेका हुन् ।
उनले सरकार एकदलीय शासनउन्मुख भएको समेत आरोप लगाए । अहिले एकदलीय शासन र सोचको सुरुवात भएको भन्दै उनले सबैलाई प्रयोग गर्न खोजको बताए ।
उनले संसद छलेर अध्यादेश ल्याएको भन्दै आपत्ति समेत जनाए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया