समान विचारधारा भाकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने - अध्यक्ष थापा
फाइल फाेटाे
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले समान विचारधारा भाकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने बताएका छन् ।
३०३ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गर्दै अध्यक्ष थापाले यसअघि सहकार्य गरेका र समानबिचार भएकाहरुसंग आफुले एकता र सहकार्यको प्रयास गर्ने बताए ।
२०७३ सालमा गणतन्त्रको वकालत गरेका पुराना अग्रजहरुलाई आफुले उदारतापूर्वक एकीकृत गरेपनि दुर्घटना भएकाले भन्दै पुनः एकताको प्रयास गर्ने उनले बताए । थापाले मुलुकमा बलियो राष्ट्रबादी शक्ति निर्माण गर्ने आफ्नो लक्ष्य रहेको धारणा राखे । उनले पृथ्वी जयन्तीलाई हरेक वर्ष मनाउने सरकारी निर्णय र अन्य राजनीतिक दलहरूले पनि राष्ट्रिय दिवस मनाउनु उपलव्धीपूर्ण रहेको उल्लेख गरे ।
चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेर बहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल लगाएत बिभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहेको थियो । पृथ्वी जयन्तीका अवसरमा राप्रपा नेपालले हरेक बर्ष चियापान समारोहको आयोजना गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया