दल

‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’

इकागज |
पुस २७, २०८१ शनिबार १९:५८ बजे

फाइल फाेटाे

कास्की - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न सुझाव दिएका छन् । 

आज पोखरामा आयोजित प्रेस सेन्टर नेपाल कास्की शाखाको छैटौँ जिल्ला अधिवेशनमा उनले राजनीति धमिलो भएको अवस्थामा जिम्मेवार र निष्ठावान् पत्रकारिता आवश्यक पर्ने भएकाले सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरे ।  


वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सञ्चारकर्मीले सधैँ सुशासन, राष्ट्रिय स्वाधीनता र जनहितमा कलम चलाउन आग्रह गरे । “पत्रकारिता समाजलाई सही बाटोमा डोर्याउने खालको हुनुपर्छ । गलत गर्ने जो कोहीका विषयमा पनि कलम चलाउन छोड्नु हुन्न”, उनले भने,“पछिल्लो समय राजनीतिक भ्रष्टीकरण बढेकाले यसलाई सही बाटोमा ल्याउन पनि पत्रकारका भूमिका महत्वपूर्ण हुने भएकाले यसतर्फ ध्यान दिन आवश्यक छ ।”

पूर्वउपप्रधानान्त्री श्रेष्ठले देश विकास हुन नसक्नुको मूल कारण राजनीति नै भएकाले राजनीतिलाई सङ्लो बनाउन आवश्यक भएको धारणा राखे । 

नेपाल पत्रकर महसंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवालीलगायतले श्रम अधिकार र पत्रकारिताका विविध पक्षबारे धारणा राखे । 

प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार  दीपक परियारलाई थमन परियार स्मृति पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको थियो ।


Author

थप समाचार
x