अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्नेलाई रास्वपाले कारबाही गर्ने
फाइल फाेटाे
काठमाडौं - वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि भएको हातपातको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीले चासो व्यक्त गरेको छ ।
पार्टी सभापति रवि लामिछाने विरुद्धको मुद्दाको थुनछेक बहस सकिए पछि निस्किएका त्रिपाठी माथि हातपात भए पछि रास्वपाले सो घटनामा संलग्न पार्टीका सदस्य भेटिएमा कारबाही गर्ने जनाएको छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले घटनामा पार्टीका कुनै सदस्यको संलग्नता भेटिए कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन । ‘यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ’, प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया