रिहा भए पछि रविले भने, ‘यो देशमा न्याय मरेको छैन, न्यायालयलाई धन्यवाद’
फाइल फाेटाे
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्यारेन्टी गरे पछि उनी रिहा भएका हुन् ।
उनी रिहा भए पछि उनका कार्यकर्ताले खुसीयाली मनाएका छन् । उनले निस्कँदै गर्दा छोटो प्रतिक्रिया दिएका छन, ‘सबै सबै जनालाई धेरै धेरै धन्यवाद, म न्याय प्रकियामा सघाउन आएको भनेको थिएँ, अदालत प्रति सम्मान व्यक्त गर्न चाहन्छु, न्याय प्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु, न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु, यो देशमा न्याय मरेको छैन, सबैलाई धन्यवाद छ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया