दल

राप्रपा केन्द्रीय समिति बैठक आज पनि

इकागज |
माघ १२, २०८१ शनिबार ७:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।

हिजोदेखि धुम्बाराहीस्थित एसआर बैंन्क्वैटमा सुरू भएको बैठक आजसम्म जारी रहने भएको हो ।


जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र सांगठानिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्‌देनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित सांगठानिक अवस्था र जिल्ला अधिवेशनहरूका बारेमा छलफल जारी रहने भएको छ । आजको बैठकमा पनि केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ ।


Author

थप समाचार
x