अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न
फाइल फाेटाे
काठमाडौं - नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको छ ।
अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलनअन्तर्गत शनिबार निर्वाचन भएको हो । उपत्यका विशेष प्रदेशको वाल्मीकि क्याम्पस र बागमती प्रदेशको सानोठिमी क्याम्पसमा निर्वाचन भएको थियो भने अन्यको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ ।
अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका लागि चार जना चुनावी मैदानमा छन् । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन् । ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधि मतदानमा सहभागी भएका छन् ।
संगठनको खुला र आरक्षण गरी नौ जना उपाध्यक्ष पदका लागि ४४ जनाको उम्मेदवारी परेको छ भने र महासचिवमा आठ जनाको उम्मेदवारी परेको छ। निर्वाचनको अन्तिम परिणाम आइतबारसम्म आइसक्ने अखिल क्रान्तिकारीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया