दल

अहिलेको सरकार अप्राकृतिक भनि भ्रम फिँजाउने काम भयो - महासचिव पोखरेल

इकागज |
माघ १२, २०८१ शनिबार १७:४ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार अप्राकृतिक भनि भ्रम फिँजाउने काम भइरहेको बताएका छन् । 

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नु पर्ने  र ती दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रष्ट पारे । 


जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक भएको उनले बताए । देश बनाउनको लागि धेरै राजनीतिक दल नभए ठूला र बलिया राजनीतिक दल आवश्यक रहेको उनले बताए । पोखरेलले नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने राजनीतिक दलले देशको लागि काम गर्न नसक्ने बताए । 

देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै पोखरेलले त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको दावी गरे । उनले राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओली माथि चौतर्फी हमला भइरहेकाले प्रतिरक्षा गर्न अग्र मोर्चामा उभिन युवा संघलाई आग्रह गरे । 

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालले तीन जनालाई सम्मान गरेको थियो । सम्मानित हुनेमा खेलकुद क्रिकेटतर्फ क्यानका सचिव तथा पूर्व राष्ट्रिय कप्तान पारस खड्का, सुचना प्रविधितर्फ अस्गर अली र महिला खेलकुदमा पलेसा गोर्वद्धन रहेका छन् । 


Author

थप समाचार
x