दल

कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने

इकागज |
माघ १२, २०८१ शनिबार १८:१ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी सहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुसहितको बैठकले अध्यादेशका बारेका आफ्ना संसदहरूसँग सघन रुपमा छलफल गरेर सदनमा एक ढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको हो ।


बैठकमा कांग्रेसका तर्फबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले अध्यादेशका बारेमा संसदीय दलको बैठकबाट समान धारणा बनाउने र संसदमा त्यही अनुसार प्रस्तुत हुने बताए । 

त्यस्तै बैठकमा सरकारको कामका बारेमा समेत मन्त्रीहरुले जानकारी गराएका थिए । प्रवक्ता महतले विचाराधिन विधेयकहरूलाई छिटो अघि बढाएर संसदको आगामी बैठकबाट पारित गर्ने गरि छलफल गर्ने बताए । उनले संविधान संशोधन विषयलाई छिटो अघि बढाउनका लागि सरकारी तहमा संयन्त्र नै गठन गरे अघि बढ्ने जानकारी आएको उल्लेख गरे । 

बैठकमा कांग्रेस सभापति शेर बहादुर देउवाले सरकारमा गएका मन्त्रीहरूलाई केही समस्या भए पार्टीमा कुरा राख्न निर्देशन दिएका थिए । अध्यादेश लगायतका विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ ।  


Author

थप समाचार
x