दल

रास्वपाको सचिवालय बैठक सोमबार बस्ने

इकागज |
माघ १३, २०८१ आइतबार १५:५१ बजे

फाइल फाेटाे

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्दैछ ।

बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय वनस्थली, काठमाडौंमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।


बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ मा छलफल हुने कार्यसूची रहेको रावलले जानकारी दिएकी हुन् ।

उनका अनुसार बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता विषयमा, संसद अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेण्डा रहेको जनाइएको छ ।
 


Author

थप समाचार
x