दल

राष्ट्रिय मु्क्ति मोर्चाले बनायो वार्ताका लागि कार्यदल

इकागज |
माघ १४, २०८१ सोमबार १७:५३ बजे

फाइल फाेटाे

काठमाडौं - राजेन्द्र महत्तोको पार्टी राष्ट्रिय मु्क्ति मोर्चा नेपालले वार्ता तथा संवादको लागि कार्यदल गठन गरेको छ । मोर्चाले सोमबार एक विज्ञप्ति जारी गर्दै राम नरेश रायको संयोजकत्वमा कार्यदल गठन गरेको हो । सदस्यहरूमा सुमन सायमी, केशव झा, सन्तोष कुमार मेहता, अनिल कुमार महासेठ, सिएन थारु र  जुनतारा पुन मगर रहेका छन् । 

'अब हिमाल, पहाड, तराई-मधेसका सम्पूर्ण उत्पीडित समुदायहरू एकताबद्ध भई बहुल राष्ट्रिय राज्य नेपाल निर्माणकालागि, स्वदेशीय सभ्यता र संस्कृति पुन:स्थापनकालागी तथा आर्थिक क्रान्तिका लागि राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य भएको छ । साथै, परिणाममुखि संघर्षको निमित्त मौजुदा संघर्षशील राजनीतिक शक्तिहरु विच संवाद, सहकार्य, कार्यगत एकता तथा एकीकरण गरी बृहत शक्ति निर्माण गर्नु आजको आवश्यकता रहेको राष्ट्रिय मुक्ति पार्टीले जारी गरेको,' विज्ञप्तिमा भनिएको छ । 



Author

थप समाचार
x