माओवादी संसदीय दलको बैठकमा विपक्षीसँग मिलेर जानेबारे छलफल
फाइल फाेटाे
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ ।
शुक्रवार देखी सुरू हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीको उपस्थिति र रणनीतिका बारेमा छलफल गर्नका लागि उक्त बैठक बसिरहेको हो ।
केपी ओली नेतृत्वको कांग्रेस–एमालेको गठबन्धन सरकारले ल्याएको अध्यादेशका विरोधमा उत्रिन लागेको माओवादीले संसदका दुबै बैठक प्रतिनिधिसभा र राष्ट्रिय सभामा लिने पोजिसनका बारेमा छलफल भइरहेको छ ।
त्यसो त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले अध्यादेश अस्वीकार गर्ने तथा महंगी र भ्रष्टाचारका बारेमा गम्भीर प्रश्न उठाउने निर्णय गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया