दल

माओवादी केन्द्रले अध्यादेशका विरुद्ध सदनमा खबरदारी गर्ने

इकागज |
माघ १७, २०८१ बिहीबार १७:४४ बजे

काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारले ल्याएको अध्यादेशका विरुद्ध सदनमा खबरदारी गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले अध्यादेशको प्रक्रिया नै गलत भएको ठहर गर्दै यसका विरुद्ध सदनमा खबरदारी गर्ने निर्णय गरेको हो ।


अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सबलीकरण गर्ने नगरि नआएको र समग्र प्रक्रिया नै गलत भएकाले खबरदारी गर्ने निर्णय गरिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना समेत दर्ता गर्ने निर्णय भएको उनले बताए । 

उनले अध्यादेश प्रतिस्थापन विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्ने तयारी समेत उचित धारणा राखे ।  त्यस्तै जनताका आवाजलाई व्यवस्थित र सशक्त रूपमा उठाउने निर्णय समेत भएको पाण्डेले बताए । 

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरि प्रस्तुत हुन सांसदहरूलाई निर्देशन समेत दिएको छ । 


Author

थप समाचार
x