दल

गिरिबन्धु जस्ता जग्गालाई वैध बनाउन भूमिसम्बन्धी अध्यादेश  - एकीकृत समाजवादी

इकागज |
माघ १७, २०८१ बिहीबार १७:५३ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले निश्चित वर्ग समूहलाई फाइदा हुने गरि सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने निर्णय गरेको छ । 

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको समाजवादीको सचिवालय बैठकले कालाबजारी र निश्चित वर्ग समूहलाई फाइदा हुने गरि सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गर्ने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । 


अध्यादेशले २० प्रतिशतभन्दा बढी नाफा खान नपाउने ऐन खारेज गरेको र जसका कारण सिमेन्टको भाउ बढेको उनले बताए । उनले भूमिसम्बन्धी अध्यादेशले गिरिबन्धु जस्ता जग्गालाई वैध बनाउने काम भएकाले त्यसको विरोध गरिने उल्लेख गरे । अध्यादेशका विरुद्ध संघर्षमा जान पनि तयार हुनुपर्छ भन्नेबारे बैठकमा छलफल भएको उनले जानकारी दिए । 

त्यस्तै बैठकमा आगामी स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डाका विषयमा पनि छलफल भएको भट्टराईले जानकारी दिए । बैठकमा अध्यक्ष माधव कुमार नेपालले पछिल्लो राष्ट्रिय राजनीति र पार्टीको गतिविधिबारेमा ब्रिफिङ गरेका थिए । 


Author

थप समाचार
x