व्यवस्थित बसोबास समन्वय विभागमा देउवाले गरे १० जना मनोनयन
फाइल फाेटाे
काठमाडौं - नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री नृपबहादुर वड प्रमुख रहेको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन् ।
जसअनुसार, श्री राजकुमार पाण्डे, काठमाडौं, ज्ञानबहादुर शाही, जाजरकोट, देवकीदेवी सिंह, डडेल्धुरा, श्री कल्पना श्रेष्ठ, भक्तपुर, श्यामकृष्ण महर्जन, काठमाडौं, सरिता बिसी, रुकुम पूर्व, विजयजंग बस्नेत, मोरङ, प्रेमबहादुर विक, नवलपरासी, सञ्जिव पुडासैनी, गोरखा, सपुतबहादुर कार्की, रौतहट रहेको केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया