दल

तराइ मधेस केन्द्रित ८ दलको बैठक जारी

इकागज |
माघ २१, २०८१ सोमबार १५:१७ बजे

काठमाडौं - तराइ मधेस केन्द्रित दलको मोर्चा बन्दी गर्नेबारेमा छलफल तीव्र भएको छ । 

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा तराइ मधेस केन्द्रित ८ दलको बैठक सुरू भएको छ ।


‘मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका लागि आगामी दिनमा के कस्तो रणनीति बनाएर जाने अनि समान बिचार बाहक आठ दलिय  मोर्चाको काम कर्तव्य र अधिकारका साथै भावी योजना सम्बन्धी महत्त्वपूर्ण छलफलकालागि आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजकहरू बसिरहेका छौं,’ एक सदस्य केशव झाले भने । 

उनका अनुसार जसपावाट रेणु यादव र इस्तियाक राई , जनमत पार्टीका अब्दुल खान र शरद सिंह यादव, जनता समाजवादी पार्टी नेपालवाट राजकिशोर यादव र मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीवाट गंगाराम चौधरी र लालविर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीवाट सर्बेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीवाट रामनरेश राय र केशव झा, जनता प्रगतिशिल पार्टीवाट शिवजी यादव, तमलोपावाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह रहेका छन् । 
 


Author

थप समाचार
x