माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने
काठमाडौं - नेकपा माओवादी केन्द्रले फागुन १२ गतेबाट 'जनतासँग माओवादी' अभियान चलाउने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास, खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रित अभियान चलाउने भएको हो ।
प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएको छ भने पार्टीले जितेका १ सय २३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौंमा गर्ने निर्णय भएको छ । उनका अनुसार फागुन ९ गते सो भेला हुने भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया