दल

अध्यादेश निर्णायार्थ पेश गर्नुअघि प्रचण्डले संसद्‌मा सम्बोधन गर्ने

इकागज |
माघ २४, २०८१ बिहीबार ७:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन् ।

संसदको हिउँदे अधिवेशनको सुरूका दिनमा शिर्ष नेताले सम्बोधन गरे पनि प्रचण्डले भने गरेका थिएनन तर आजको बैठकमा भने प्रचण्डले सम्बोधन गर्ने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।


सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशका निर्णायार्थ प्रस्तुत गर्नु अघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।

आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने सम्भावना देखिएको छ ।


Author

थप समाचार
x