अध्यादेशबारे जसपाले निर्णय लिँदै
![](https://ekagajcdn.prixacdn.net/media/albums/upendra_yadav_cKKxVMSUKw.jpg)
काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले सरकारले हालै जारी गरेको अध्यादेशको पक्ष वा विपक्षमा कता मतदान गर्ने भन्ने बारेमा आज निर्णय लिँदैछ ।
सरकारले हालै जारी गरेको अध्यादेश प्रतिनिधिसभाबाट पारित हुन सक्ने भएतापनि राष्ट्रियसभामा भने जसपा नेपाल बिना नसकिने भएपछि उसले बार्गेनिङ बढाइरहेको बेला आज निर्णय लिन लागेको हो ।
अध्यादेशको पक्षमा उभिने कि नउभिने भन्नेबारेमा जसपा नेपालले पर्यटन तथा अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेको छ । यादवले तीनदेखि भूमि सम्बन्धी विज्ञ, अर्थ विज्ञलगायतसँग छलफल गरेको भए पनि अहिलेसम्म नेपाली कांग्रेस– नेकपा एमाले गठबन्धनलाई निर्णय दिइसकेको अवस्था भने छैन ।
तर जसपा नेपालले बिहीबार बिहान संसदीय दलको बैठक राखेर सो बारेमा निर्णय लिने भएको छ । उक्त बैठकबाट अध्यादेशमा पार्टीको धारणा तय गरिने कार्यदल संयोजक यादवले जानकारी दिएका छन् ।
संविधानले संसद्को अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने भने पनि संसद् अधिवेशन सुरु भएपछि पहिलो बैठक मै दुवै सदनमा अध्यादेश पेस गर्नु पर्ने संवैधानिक व्यवस्था छ । अध्यादेश दुवै सदनमा पेस गरेर दुवै सदनबाट स्वीकार हुनुपर्ने प्रावधान रहेकाले जसपा नेपाल निर्णायक भएको हो ।
बिहीबार नै प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेश निर्णायार्थ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया