समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र : चित्रबहादुर केसी
![](https://ekagajcdn.prixacdn.net/media/albums/Chitra-Bahadur-KC.jpg_A1ElOGRq1A.jpg)
काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभामा बोल्दै केसीले संसद बोलाउन कसले छेकेको थियो? भन्दै प्रश्न गरे।
‘समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने? यही हो लोकतन्त्र? यसो गर्नु हुँदैन,’ उनले भने, ‘संसद नचलाउने यो लोकतन्त्र होइन, अप्रजातान्त्रिक अभ्यास हो।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया