दल

सरकारले जनतामा कुनै उत्साह जगाएन - अध्यक्ष नेपाल

इकागज |
माघ २६, २०८१ शनिबार १४:३५ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारले जनतामा कुनै उत्साह जगाउन नसकेको बताएका छन् । 

शनिबार काठमाडौंमा पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेपनि पछिल्लो साढे ६ महिनामा जनतामा कुनै उत्साह जगाउन नसकेको बताएका हुन् । 


उनले सुशासन, भ्रष्टाचार नियन्त्रण लगाएतमा सरकारको ध्यान जान नसकेको उल्लेख गरे । अध्यक्ष नेपालले यसअघिको सरकार बदल्नुपर्ने कुनै औचित्य र कारण नरहेको भन्दै ओलीले पदका लागि नयाँ गठबन्धन गरेको धारणा राखे । 

उनले नयाँ सरकार बनाउनका लागि संविधान संशोधनको बहाना बनाइएको टिप्पणी गरे । २०८७ सालमा मात्रै संविधान संशोधन गर्ने भनाइमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालले मुलुक सञ्चालक गर्ने कुरामा प्रधानमन्त्री ओली गम्भीर नदेखिएको बताए । 

उनले पार्टीभित्र नकारात्मक टिप्पणी गर्ने प्रवृति बढेको भन्दै नकारात्मक टिप्पणी गर्नेहरूले नै पार्टीलाई सिद्धाउने खतरा रहेको जिकिर गरे । 


Author

थप समाचार
x