दल

उपाध्यक्ष श्रेष्ठद्वारा अध्यायदेशको आलोचना

इकागज |
माघ २६, २०८१ शनिबार १५:५० बजे

फाइल फाेटाे

पाल्पा - नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गरेका छन् । 

प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा  उनले लोकतान्त्रिक तरिकाबाट अध्यादेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताए । 


राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, सामाजिक अधिकार प्राप्त गर्न नसकेको उनको कथन छ ।

विधिको शासन उल्लंघन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको उनले बताए । केन्द्रले सदन र सडकबाट सशक्त ढङ्गले सरकारको  खबरदारी गर्दै आएको बताए । 


Author

थप समाचार
x