जनतालाई भ्रम फैलाएर निराशाका खेती नगर्न माओवादीलाई सुझाव
![](https://ekagajcdn.prixacdn.net/media/albums/padam_giri_GCqgFx0InT.jpg)
फाइल फाेटाे
काठमाडौं - नेकपा एमालेका नेता पदम गिरीले जनतालाई भ्रम फैलाएर निराशाका खेती नगर्न माओवादीलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै गिरीले माओवादी अध्यक्ष प्रचण्डले सदनमा तथ्यहीन ढंगले सरकारमाथि आरोप लगाएको भन्दै जनतालाई भ्रम फैलाएर निराशाका खेति नगर्न माओवादीलाई सुझाव दिएका हुन् ।
विना तथ्य बजारमा उठेका र नियोजित विषयलाई उठाएर प्रधानमन्त्रीको बदनाम गर्न खोजिएको उनले बताए ।
गिरीले बजारको हल्लाका आधारमा प्रधानमन्त्रीविरुद्ध अनुसन्धान गर्ने भए क्यान्टनमेन्टको पैसा दुबईका बैंकमा, अमेरिकाको बैंकमा रहेका विषयमा पनि अनुसन्धान हुनुपर्ने धारणा राखे ।
सदनमा प्रचण्डले तथ्यलाई बङ्ग्याएर संसदको रोष्टमबाट भ्रमको तुवाँलो छर्ने काम गरेको भन्दै सडकमा बोल्ने मान्छेले जसरी प्रस्तुत नहुने प्रचण्डलाई सुझाव दिए ।
उनले अध्यादेशका विषयमा पनि भ्रम छर्ने काम भएको भन्दै प्रचण्ड प्रधानमन्त्री हुँदा अध्यादेश ल्याएको विषयलाई नभुल्न आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया