अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु - डा.शेखर
काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाले सोमबार भक्तपुरमा आयोजना गरेको गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति विषयक विचार गोष्ठीमा बोल्दै कोइरालाले संसदलाई छलेर अध्यादेश ल्याउन जरुरत नै नदेखिएको भन्दै अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु भएको बताएका हुन् ।
उनले मुलुकको आवश्यकताका आधारमा वर्तमान सरकार गठन भएको भन्दै सरकारलाई सहि दिशा दिनका लागि सरकारले गरेका गलत कामहरूलाई बाहिर ल्याउन जरुरी रहेको बताए । कोइरालाले सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लाउने गरी आएको जिकिर गरे ।
उनले दुई तिहाईको बलमा कांग्रेस–एमालेमात्रै संविधान संशोधन गर्न नहुने भन्दै यसका लागि माओवादी लगायतका दलसँगको सहमतिका आधारमा अघि बढ्नुपर्ने बताए । उनले कांग्रेसलाई अघि बढाउनका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने धारणा राखे ।
कोइरालाले राजनीतिमा सहकार्यका साथ अघि बढ्न गिरिजाप्रसाद कोइरालाको भूमिकालाई स्मरण गर्नुपर्ने बताए ।
त्यस्तै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अहिलेको व्यवस्थालाई थप बलियो बनाउने गरि आवश्यकताका आधारमा संविधान संशोधन हुनुपर्ने बताए ।
संघीय सांसद, प्रदेश सांसद, मन्त्रीमण्डलको संख्या घटाउने, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले अहिलेको अवस्थामा गिरिजाप्रसाद कोइरालाबाट सिक्ने कुरा धेरै रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया