दल

एमाले संविधान खारेज गर्ने पार्टी होइन :योगेश भट्टराई

इकागज |
माघ २८, २०८१ सोमबार १७:० बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले संविधान खारेज गर्ने पार्टी नभएको बताएका छन् । 

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले एमाले संविधान बनाउने पार्टी भएकाले खारेज गर्ने प्रश्न नउठ्ने बताएका  हुन् । एमालेले संविधान खारेज गर्न चाहेको प्रचण्डको अभिव्यक्तिप्रति उनले एमाले–कांग्रेसले संविधान खारेज वा च्यात्ने नभइ संरक्षण गर्ने जिकिर गरे । 


प्रचण्ड विध्वंस गर्दै हिड्ने भएकाले अरूलाई पनि त्यस्तै देख्ने गरेको उनले बताए । भट्टराईले संवैधानिक बाटोबाटै संविधान संशोधन हुने र सबैको सहमतिमा यसलाई अघि बढाइने बताए । उनले कांग्रेस–एमालेले संशोधनको एजेण्डा तयार गर्ने र एजेण्डालाई सबै दलसँग छलफल गरि सहमति खोज्ने धारणा राखे । 

अहिलेको संविधान सबैलाई सर्व स्वीकार्य भइसकेको उल्लेख गर्दै भट्टराईले आवश्यकता अनुसार संशोधन गरिने बताए । संविधान संशोधनका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको भन्दै २०८४ को निर्वाचन अघि नै संशोधन हुने उनको भनाइ छ । भट्टराईले अध्यादेशका लागि अन्य दलसँग कुनै सौदाबाजी नगर्ने स्पष्ट पारे । 


Author

थप समाचार
x