दल

फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन चाहेन - उपमहासचिव पुन

इकागज |
माघ २८, २०८१ सोमबार १७:३८ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन नचाहेको बताएका छन् । 

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले केही अध्यादेशमा जसपा नेपाल समेत असन्तुष्ट रहेको अवस्थामा फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन नचाहेको बताएका हुन् । 


जसपा नेपालले अध्यादेशमा समर्थन नजनाउने उनले दाबी गरे । पुनले प्रक्रियागत रूपले अध्यादेश गलत रहेको र अध्यादेशका केही अन्तर वस्तुमा समेत त्रुटि रहेकाले सच्चाउनुपर्ने धारणा राखे । यसअघि माओवादी नेतृत्वको सरकारले अन्य दलहरूसँगको परामर्शमा नै अध्यादेश ल्याएको भन्दै उनले अहिलेको सरकारले एकलौटी रूपमा छलफल नै नगरि अध्यादेश ल्याएको बताए । 

उपमहासचिव पुनले सरकारमा जान माओवादीलाई कुनै हतारो नरहेको र ८४ को निर्वाचनमा एक्लै चुनाव लड्ने गरि तयारी गरिरहेको धारणा राखे । सरकार परिवर्तनका लागि प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेर बहादुर देउवालाई कुनै अफर नगरेको उनले बताए । 


Author

थप समाचार
x