प्रचण्ड सता छोड्नेबित्तिकै छट्पटाएका छन्, भ्रमको खेती गर्दै देशमा अस्थिरता ल्याउँदैछन् : प्रदीप ज्ञवाली
![](https://ekagajcdn.prixacdn.net/media/albums/Gyanwali.jpg_seWAWv8S8D.jpg)
रौतहट - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रमको खेती गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन्।
दाहाललाई लक्षित गर्दै उनले विकास हेरेर केही नेतालाई ‘ज्वरो आउने’ गरेको टिप्पणी गरे।
रौतहटको मध्यभाग गरुडास्थित मंगलबार ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ नेकपा एमाले वडाकेन्द्रित तीन महिने अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै मंगलबार ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्।
नेकपाको दुई तिहाइको सरकार भत्काउनेहरूले अहिले देशलाई अस्थिरतातिर लैजाने प्रयास गरिरहेकोले कांग्रेस पार्टीसँग मिलेर एमालेले स्थायी सरकार बनाएको ज्ञवालीले बताए।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा देशमा सबै ठिक र सरकार छोडेपछि जनतामाझ अनेक भ्रम पैदा गरिरहेको उनले आरोप लगाएका थिए।
‘प्रचण्डकै अगुवाइमा कोशी प्रदेश नामाकरण गरिएको थियो तर अहिले उनी प्रधानमन्त्री नहुँदा नागरिकलाई जुधाउने काम गरिरहेका छन्,’ उनको तर्क थियो।
प्रचण्ड प्रधानमन्त्री हुँदा रास्वापा सभापति रवि लामिछानेको सांसद पद जाँदा उपचुनाव भएको विदितै रहेको भन्दै ज्ञवालीले अहिले प्रचण्डले एमाले-कांग्रेस मिलेर रविलाई फसाउने काम गरेको भनी रविलाई उचाल्ने काम प्रचण्डले गरिरहेको बताए।
‘नेपालमा ३७ वर्ष एमाले भूमिगत रहेको पार्टी हो। त्यसको आधा अवधि प्रतिपक्षमा रहँदा कुनै फरक परेन तर अहिले प्रचण्ड सता छोड्नेवितिकै छट्पटाए,’ उनले भने।
‘नेपालमा औसतमा १४ महिना मात्र कुनै पनि सरकार चल्ने गरेको छ, भारतमा मोदी तेस्रो पटक प्रधानमन्त्री बनेका छन्, चीनमा लामो समयदेखि एउटै प्रधानमन्त्री छन्, अनि त्यहाँको विकास भएको छ,’ ज्ञवालीले थपे।
प्रचण्ड र मधेशवादी पार्टीप्रति आक्रोशित मुद्रामा पेस भएका ज्ञवालीले माओवादीको १० वर्षे द्वन्द्वले देश पछाडि मात्रै गएको नभएर १७ हजार नेपालीको मृत्यु, हजारौं घाइते भएको देशको अवस्था सामान्य बनाउन २० वर्ष लागेको बताए।
‘निराशाको खेती गर्ने प्रचण्डलाई त्यस्तो भन्ने अधिकार नैतिकता छैन र हाम्रै पालामा देश समृद्ध हुने एमालेको ग्यारेन्टी गरेको छ,’ उनले भने।
देशमा जहिले पनि स्थायित्व र अस्थिरता ल्याउनेबीच द्वन्द चलिनैरने भएकाले अहिले भ्रमपूर्ण सूचनाको भरमारमा देश रहेको ज्ञवालीले बताए। कतिपय मिडियाले जानी-जानी तथ्य तोडमरोड गरेर जनतालाई भ्रम छर्ने काम गरेको उनले बताए।
उनले नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्पर्धीसँगै सहयात्री पनि रहेको विचार राखे। ‘जबऔजब देशमाथि संकट आउँछ तब-तब यी दुई दल एक भएर हातेमालो गरी देश र नेपाली जनतालाई संकटबाट बाहिर ल्याएका छन्,’ उनले भने।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया