सामाजिक सञ्जाल विधेयकमा विरोध जनाउँदै काठमाडौंमा प्रदर्शन
![](https://ekagajcdn.prixacdn.net/media/albums/Screenshot_2025-02-12_175543_569HkdzJCi.png)
काठमाडौं - नेपाल विद्यार्थी संघले सामाजिक सञ्जाल विधेयकमा रहेका प्रावधानमाथि विरोध जनाउँदै काठमाडौंमा प्रदर्शन गरेको छ ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई नै हनन गर्ने गरि सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको भन्दै नेविसंघले बुधबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो । विधार्थीहरूले टाउको र हातमा पट्टी बाधेर विधेयक विरुद्ध सांकेतिक विरोध जनाएका थिए ।
प्रदर्शनमा सहभागीहरूले नियमन चाहिएको हो, नियन्त्रण होइन, स्वतन्त्रताको सुरक्षा अभिव्यक्तिको अधिकार, प्रश्नसँग डराएको सरकार, कांग्रेसको एक तारा हराएको सूचना लगाएत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । सरकारले जनताको अधिकार खोस्ने गरि विधेयक ल्याएकाले त्यसका विरुद्ध प्रदर्शन गर्नुपरेको नेविसंघका नेता सुशान्त आचार्यले बताए ।
सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको भन्दै प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । विधेयक नसच्चाएसम्म आन्दोलन जारी रहने नेविसंघको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया