दल

पार्टीभित्रको गुट–उपगुटलाई रूपान्तरण अभियानले हटाउँछ : उपाध्यक्ष श्रेष्ठ

इकागज |
फागुन २, २०८१ शुक्रबार १६:० बजे

फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गुट–उपगुट तथा व्यक्तिवादको समस्या रूपान्तरण अभियानबाट हल गर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल

‘प्रचण्ड’कै नेतृत्वमा पार्टीलाई रूपान्तरण र एकताबद्ध ढंगले अघि बढाउन सकिने बताए। उनले माओवादी केन्द्रलाई बलियो बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियामा फड्को मार्न सकिने उल्लेख गरे । 


वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारको टीका–टिप्पणी गरेर समय खेर नफाल्न आग्रह गरे । 


Author

थप समाचार
x