दल

प्रभु साहले प्रधानमन्त्रीको मान मर्दन हुने गरि प्रश्न गरे - प्रमुख सचेतक महेश बर्तौला

इकागज |
फागुन ४, २०८१ आइतबार १७:३३ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सांसद प्रभु साहले प्रधानमन्त्रीको मान मर्दन हुने गरि प्रश्न गरेकाले जबाफ नदिइएको बताएका छन् । 

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले राजनीतिक स्टन्ड र पपुलिष्ट हुनका लागि सांसद साहले प्रधानमन्त्रीको मान मर्दन हुने गरि प्रश्न गरेकाले जबाफ नदिइएको बताएका हुन् । 


बर्तौलाले प्रश्न सोध्दा सांसद साहले शोभनीय ढंगले प्रस्तुत नभएको र संसदको नियमावलीको विपरीत प्रश्न सोधको दाबी गरे । यस विषयमा संसदको आगामी कार्य व्यवस्था परामर्श समिति बैठकमा गम्भीरतापूर्वक छलफल गर्ने उनले बताए । 

उनले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरलाई थप प्रभावकारी बनाइने जिकिर गरे। 


Author

थप समाचार
x