दल

अध्यादेश जनपक्षीय छैनन् भनेर पुष्टि गर्न विपक्षी दललाई एमाले महासचिवको चुनौती

इकागज |
फागुन ५, २०८१ सोमबार १९:१४ बजे

फाइल फाेटाे

दाङ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेका ६ वटा अध्यादेश संसदबाट पारित भएरै छाड्ने बताएका छन् । 

एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन अध्यादेश संसद छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नका लागि ल्याइएको दाबी गरेका छन् ।


‘अध्यादेश संसद छल्न होइन । संसदबाट लैजाँदा ढिला हुने भएकाले ल्याउनु परेको हो,’ महासचिव पोखरेलले भने, ‘जनतासँग प्रत्यक्ष जोडिएका काम छिटो छरितो गर्नका लागि अध्यादेश ल्याइएको हो ।’

सरकारले ल्याएका ६ वटै अध्यादेश जनताका पक्षमा भएको दाबी गर्दै पोखरेलले विरोधका लागि विरोध भन्दा पनि यसकारण अध्यादेश जन विरोधी छ भनेर औचित्य पुष्ट गर्न विपक्षी दललाई चुनौती दिए । ‘अध्यादेश जनताका पक्षमा छन्,’ महासचिव पोखरेलले भने, ‘अध्यादेश के कति कारणले जनताका पक्षमा छैनन् भनेर त्यसको पुष्टि गर्न म विपक्षी दललाई चुनौती दिन्छु ।’ 


Author

थप समाचार
x