दल

कुलमान घिसिङले सरकारलाई टेरेनन् - मन्त्री खड्का

इकागज |
फागुन ६, २०८१ मंगलबार १५:२४ बजे

फाइल फाेटाे

काठमाडौं - उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजको बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजको र सरकारलाई नटेरेको बताएका हुन् । 


उनले घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे । राम्रो कामलाई पुरस्कार दिने भन्दै उनले सरकारका एउटा कर्मचारीको पक्षमा एक भएर बोल्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । मन्त्री खड्काले पटक पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभएपनि सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे । 

उनले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोड सेडिङ हटेको स्पष्ट पारे । उनले बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै तत्कालको अवस्थामा विद्युत प्रवाहलाई सहज ढंगले सुचारु गरिएको दाबी गरे । 

उनले दोधारा लम्की, बरेली, ढल्केबरलगायत आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारत सरकारसँग सम्झौता भइ काम अघि बढेको बताए । 

उनले ऊर्जा क्षेत्रमा आवश्यक कानुन तर्जुमाका क्रममा रहेको र केही विधेयकहरू अघि बढिसकेको जानकारी दिए । 


Author

थप समाचार
x