उडिसा घटनाबाट आफ्नै विश्वविद्यालय बलियो बनाउनु पर्छ भन्ने सन्देश दिएको छः शिशिर खनाल

फाइल फाेटाे
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले उडिसा घटनाले आफ्नै देशका विश्व विद्यालय बलियो बनाउनु पर्छ भन्ने सन्देश दिएको जनाएका छन् ।
भारतको उडिसास्थित एक विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरण तथा त्यसपछि उत्पन्न विषम परिस्थितिको घटनाबाट पाठ सिक्नु पर्ने जनाएका हुन् ।
‘भारतको उडिसामा ज्यान गुमाएकी नेपाली विद्यार्थी प्रकृति लम्साल र नेपाली विद्यार्थीहरू माथि भएको दुर्व्यवहारको न्याय नपाएसम्म सरकारले कुटनीतिक पहल गरेर न्याय दिलाओस् र नेपाली विद्यार्थीहरूको सुरक्षा गरियोस्,’ खनालले भने, ‘उडिसा घटनाबाट पाठ सिक्दै राजनीतिक र दलीय भागबन्डा गर्न छाडेर हाम्रो विश्वविद्यालय बलियो बनाउनु पर्दो रहेछ भन्ने सद्बुद्धि मिलोस् भन्न चाहान्छु ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया